← समाचारमा फर्कनुस्
थ्री नेसन्स कपः पहिलो हाफमा नेपालविरुद्ध भुटानलाई अग्रता

काठमाडौँ- जारि प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र भुटानबिचको पहिलो हाफमा भुटानले अग्रता लिएको छ।
त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा जारि खेलमा भुटानका लागी खेलको १९ औ मिनेटमा डिफेन्डर तेन्जीन नोर्वुले उत्कृष्ट हेडर गोल गर्दै टिमलाई सुरुवाती १-० गोलको अग्रता दिलाएका हुन्। दावा छिरिङले प्रहार गरेको कर्नर किकमा नोर्वुलो गोल गरेका हुन्।
तुलनात्मक रुपमा कमजोर मानिएको घरेलु टोलि नेपालविरुद्ध भुटान हावी बनीरहेको छ। नेपालले आफ्नो फुटबल इतिहासमा अहिलेसम्म भुटानसंग पराजय व्यहोरेको छैन्।
नेपालको फर्वाडलाइनमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानरहेपनि उनीहरुले गोल भने गर्न सकेका छैनन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |