← समाचारमा फर्कनुस्
Football Jun 29, 2023 · Shishir

फिफा वरियतमा नेपालको एक स्थान खस्कियो

फिफा वरियतमा नेपालको एक स्थान खस्कियो

काठमाडौं – फिफा वरीयतामा नेपालले फेरी एक स्थान गुमाएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७४ औं स्थानबाट १७५औं स्थानमा झरेको हो।

एक वर्षको दौरानमै नेपालले फिफा वरियतामा सात स्थान गुमाएको छ।

नेपालले पछिल्ला चार खेलमध्ये तीन खेलमा हार बेहोरेको थियो। भारतमा जारी साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

दक्षिण एसियामा भारत सबैभन्दा अघि १०० औं स्थानमा छ। त्यस्तै, माल्दिभ्स १५४औं स्थानमा यथावत रहेको छ।

नेपालभन्दा पछि रहेका भुटान एक स्थान सुधार गर्दै १८४औं स्थानमा, बंगलादेश १९२औं स्थानमा रपाकिस्तान २०१औं स्थानमा छ। फिफा निलम्बनमा रहेको श्रीलंका २०७औं स्थानमा छ।






AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →