फिफा विश्वकपमा पानीको बोतल प्रतिबन्ध

काठमाडौं। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले आगामी विश्वकपकाे सुरक्षासम्बन्धी चिन्तालाई कारण देखाउँदै आगामी विश्वकपका स्टेडियमभित्र पानीका बोतल लैजान प्रतिबन्ध लगाएको छ। प्रतियोगिता सुरु हुनुभन्दा करिब एक साताअघि गरिएको यो नियम परिवर्तन हो।
फुटबलको २३औँ संस्करण आगामी बिहीबारदेखि संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुँदैछ। यसअघि स्टेडियमको आचारसंहितामा स्पष्ट रूपमा भनिएको थियो, ‘कुनै द्विविधा नहोस् भनेर स्पष्ट पार्नुपर्दा खाली, पारदर्शी, पुनःप्रयोग गर्न मिल्ने एक लिटरसम्म क्षमताका प्लास्टिक बोतल स्टेडियमभित्र ल्याउन सकिन्छ।’
पछिल्लो निर्णयअनुसार अब बोतलसँगै कप, जार र क्यानहरू पनि स्टेडियमभित्र निषेध गरिएको छ। फिफाका अनुसार समर्थकहरूले ती वस्तुहरू हान्दा हुन सक्ने चोटपटकको जोखिम घटाउन यो निर्णय गरिएको हो।
फिफाले विज्ञप्तिमा लेखेको छ, ‘फिफा सबै खेलाडी, रेफ्री, समर्थक, स्वयंसेवक र कर्मचारीहरूको स्वास्थ्य तथा सुरक्षाको संरक्षणमा प्रतिबद्ध छ।’
यसैबीच दर्शकहरूले स्टेडियमभित्र पानी किन्न पाउनेछन् र यसको मूल्य सामान्यभन्दा बढी नहुने फिफाले जनाएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |