← समाचारमा फर्कनुस्
Football Jul 05, 2026 · Swadesh

एक्स्ट्रिम काठमाडौं गोर्खाजको मुख्य प्रायोजक

एक्स्ट्रिम काठमाडौं गोर्खाजको मुख्य प्रायोजक

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले मुख्य प्रायोजक पाएको छ। एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्स टोलीको मुख्य प्रायोजक बनेको हो।

आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच काठमाडौं गोर्खाज र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीचको साझेदारी भएको छ। यो सम्झौता लगातार दोस्रो वर्षको हो। गत संस्करणमा कम्पनी डायमन्ड स्पोन्सरका रूपमा आबद्ध भएको थियो भने यसपटक मुख्य प्रयोजकको रुपमा पाएको छ।

काठमाडौं गोर्खाजको व्यवस्थापन गरिरहेको माभरिक्सका संस्थापक तथा निर्देशक श्रवणबहादुर सिंहले खेलकुदप्रति प्रतिबद्ध ब्रान्डसँग दोस्रो वर्ष पनि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले यस्तो साझेदारीले टोलीलाई थप ऊर्जा, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनका लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

सम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एनपीएलमा काठमाडौं गोर्खाजको मुख्य प्रायोजक बन्न पाउँदा कम्पनी उत्साहित रहेको बताइन्। उनले यस सहकार्यबाट एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्ड थप उचाइमा पुग्ने विश्वास व्यक्त गरिन्।

विगत केही वर्षयता एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाली खेलकुद क्षेत्रमा सक्रिय लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहकार्य गर्दै आएको छ।

कम्पनीका अनुसार खेलकुदमार्फत युवामा ऊर्जा, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको भावना विकास गर्ने उद्देश्यका साथ आगामी दिनमा पनि विभिन्न खेलकुद गतिविधिमा आफ्नो लगानी र सहभागितालाई निरन्तरता दिइनेछ।

यसअघि काठमाडौं गोर्खाजले पूर्वराष्ट्रिय क्रिकेटर शरद भेषावकरलाई क्रिकेट डाइरेक्टर नियुक्त गरिसकेको छ। टोलीका मार्की खेलाडी तथा कप्तान करण केसी रहेका छन्। यस्तै आगामी एनपीएलका लागि भीम सार्की, शाहब आलम, रशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई टोलीले रिटेन गरिसकेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →