← समाचारमा फर्कनुस्
Football Mar 02, 2023 · Nepalsports

एभर्टनमाथि आर्सनलको सहज जित

एभर्टनमाथि आर्सनलको सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत शीर्ष स्थानको आर्सनलले एभर्टनलाई पराजित गर्दै ५ अकंको अग्रता बढाएको छ ।बुधबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई ४-० गोलले पराजित हो ।

घरेलु मैदानमा खेलको ४० औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

खेलको ७१ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३-० को अग्रता दिलाए । त्यसपछि ८० औं मिनेटमा गाब्रिएलले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४-० को जित दिलाए ।

जितसँगै आर्सनल शीर्ष स्थानमा २५ खेलमा ६० अंक जोड्दै ५ अंकको अग्रता बनाएको छ। एभर्टन २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →