← समाचारमा फर्कनुस्
Football Sep 07, 2026 · Swadesh

इस्पनयोल र सेभियाबीच बराबरी

इस्पनयोल र सेभियाबीच बराबरी

स्पेनी ला लिगामा इस्पनयोलले आइतबार सेभियालाई १–१ को बराबरीमा रोकेको छ । दोस्रो हाफको इन्ज्युरी समयको आठौं औं मिनेटमा म्याटिस फर्नान्डेजले इस्पनयोलका लागि बराबरी गोल गरे । लुकास स्टासिनले सेभियालाई ८५ औं मिनेटमा अग्रता दिलाएका थिए ।

त्यस अगाडि बार्सिलोनाले भ्यालेन्सियालाई सजिलै ५–० हराएको थियो । यसमा लामिन यामले छैटौं र ८४ औं मिनेटमा दुई गोल गरे । यस्तै फेरमिन लोपेजले २२, कप्तान राफिन्हाले ५० र पेड्रिले ७९ औं मिनेटमा एक एक गोल गरे । यो जितपछि नयाा सिजन बार्सिलोनाको शतप्रतिशत जित यात्रा कायम रह्यो ।

लगातार चौथो जितपछि बार्सिलोनाको १२ अंक भएको छ र शीर्ष स्थानमा छ । सेभिया भने सात अंकमा सातौं र इस्पनयोल चार अंकमा ११ औं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →