← समाचारमा फर्कनुस्
इस्पनयोलसँग मालागाको बराबरी

मालागाले स्पेनी ला लिगमा शुक्रबार भएको खेलमा इस्पनयोललाई १–१ को बराबरीमा रोकेको छ । इस्पनयोलले १३ औं मिनेटमा ब्रायन जारागोजाको गोलमा अग्रता लिएको थियो ।
खेल सकिनै लागेको बेला मालागाका लागि एडरिन निनाले बराबरी गोल फर्काए र दुवै टिमले एक एक अंकमा चित्त बुझाए । यो नतिजापछि इस्पनयोल आठ अंकमा ११ औं स्थानमा रह्यो ।
मागाला भने चार अंकमा १९ औं स्थानमा छ र रेलिगेसन क्षेत्र छाड्न संघर्षरत छ । अहिलेको बराबरी नतिजा उसका लागि राहत रहनेछ । बार्सिलोना भने सात खेलबाट २१ अंकमा शीर्ष स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |