आजदेखि इंग्लिस प्रिमियर लिग

विश्वकप २०२६ सकिएको एक महिना भन्दा बढी समयपछि विश्व फुटलबको सबैभन्दा लोकप्रिय इंग्लिस प्रिमियर लिग आज शुक्रबार रातिदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन आर्सनल र यसपल्ट बढुवा भएर आएको कभेन्ट्री खेल्दैछन् ।
मिखेल आर्टेटाको नेतृत्वमा आर्सनल उपाधि रक्षाको अभियानमा हुनेछ र उसलाई यसमा म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेड र चेल्सीले बलियो चुनौती पेस गर्नेछन् । शनिबार चार खेल हुनेछन् ।
त्यसमा हल सिटीले म्यानचेस्टर युनाइटेड, एभरटनले क्रिस्टल प्यालेस, इपस्विच टाउनले सन्डरल्यान्ड, नटिंघम फरेस्टले लिड्स युनाइटेड तथा ब्रेन्टफोर्डले टोटनहमको सामना गर्नेछ । यस्तै आइतबार तीन खेल हुनेछन् ।
त्यसमा ब्राइटन र एस्टन भिल्ला, म्यानचेस्टर सिटी र बर्नमाउथ तथा न्युकासल युनाइटेड र लिभरपुल भिड्ने छन् । सोमबार फुलहम र चेल्सीबीचको खेलसँगै लिगको राउन्ड वानको खेल सकिने छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |