TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 06, 2026 · Swadesh

मेक्सिकोमाथि सनसनीपूर्ण जितपछि इंग्ल्यान्ड क्वाटरफाइनलमा

मेक्सिकोमाथि सनसनीपूर्ण जितपछि इंग्ल्यान्ड क्वाटरफाइनलमा

दस खेलाडीमा सीमित इंग्ल्यान्डले सह आयोजक मेक्सिकोमाथि सनसनीपूर्ण ३–२ को जित रच्नै विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो खेल यस विश्वकपकै सबैभन्दा नाटकीय रोमाञ्चक खेल रह्यो । अब क्वाटरफाइनलमा इंग्ल्यान्डले अर्को युरोपेली टिम नर्वेको सामना गर्नेछ ।  

यो हारले मेक्सिको प्रतियोगिताबाट बाहिरएको छ । मेक्सिको प्रतियोगितामा चुनौती समाप्त हुने क्यानाडा पनि दोस्रो आयोजक देश पनि बनेको छ । इंग्ल्यान्डले बेलिङघमले पहिलो हाफमा दुई गोल गरे, दुई मिनेटको अन्तरमा । उनले ३६ औं मिनेटमा पहिलो गोल गरे र त्यसको दुई मिनेटपछि नै दोस्रो गोल पनि थपे ।

लगतै ४२ औं मिनेटमा मेक्सिकोका लागि जुलियन क्विनोनेसले एक गोल फर्काए । खेलको ५४ औं मिनेटमा रातो कार्ड खाएर इंग्ल्यान्डका जारेल क्वानसा मैदान छाड्न बाध्य रहे ।

ह्यारी केनले ६० औं मिनेटमा इंग्ल्यान्डका पेनाल्टीबाट तेस्रो गोल गरे । यस विश्वकपमा उनको यो छैटौं व्यक्तिगत गोल हो । मेक्सिकोका लागि राउल जिमिनेसले पेनाल्टीबाट नै ६९ औं मिनेटमा दोस्रो गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →