नर्वेको चुनौती रोक्दै इंग्ल्यान्ड सेमिफाइनलमा

इंग्ल्यान्डले विश्वकप २०२६ मा आइतबार नर्वेलाई अतिरिक्त समयको खेलमा २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ र यस जितका नायक रहे, उत्कृष्ट लयमा रहेका जुड बेलिंघम । उनले दुई गोल गरे र इंग्ल्यान्ड नर्वेली चुनौती रोक्न सफल रह्यो ।
अब अन्तिम चारमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विटजरल्यान्डबीच हुने खेलको विजेता सामना गर्नेछ । मियामी स्टेडियममा भएको खेलमा नर्वेले सुरुआती अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न सकेन् । नर्वेका लागि ३६ आन्ड्रेस सेरडरपले गोलको खाता खोले ।
बेलिंघमले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा बराबरी गोल फर्काए । खेल अतिरिक्त समयमा प्रवेश गरेयता ९३ औं मिनेटमा बेलिंघमले निर्णायक सावित गोल गरे ।
मोर्गन रोजर्सको सुरुआती प्रहार नर्वेली गोलरक्षक ओरजन नाइल्यान्डले रोके पनि त्यसमै फर्केको बलमा बेलिंघमलाई पोस्टको दिशा दिए र यससँगै प्रतियोगिताका नर्वेको यात्रामा पूर्ण विराम लाग्यो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |