TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 19, 2026 · Swadesh

दस गोलको थ्रिलरमा इंग्ल्यान्ड विजयी

दस गोलको थ्रिलरमा इंग्ल्यान्ड विजयी

इंग्ल्यान्डले विश्वकप २०२६ मा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ ले हराएको छ र यसमा विजयी टिमका लागि नायक रहे, बुकाया साका । उनले शानदार ह्याट्रिक गरे । मियामीमा खेल भएको खेलमा फ्रान्सका लागि कप्तान किलियन एमबापेले दुई गोल गरे।

उनी यस विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षमा उक्ले । एमबापेको यो दसौं गोल हो र उनले अर्जेन्टिनाका लियोनल मेसीलाई उछिनेका छन् र गोल्डेन बुट अवार्ड जित्ने संघारमा पुगेका छन् । मेसीले आठ गोल गरेका छन् ।

विश्वकप इतिहासमै एमबापले गरेको गोल संख्या २२ पुगेको छ र उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि भएका छन् । । इंग्ल्यान्डले तेस्रो मिनेटमा डेक्लेन राइसको गोलले अग्रता लिएको थियो । एजरी कोन्साले १८ औं मिनेटमा दोस्रो गोल थपे ।

त्यसपछि बुकायो साकाले दोस्रो हाफको अन्त्यतिर दुई गोल गरे । त्यससँगै इंग्ल्यान्ड चार गोलले अगाडि रह्यो । साकाले ३७ मिनेटमा आफ्नो पहिलो गोल गरेपछि इन्ज्युरी समयको पहिलो मिनेटमा अर्को गोल थपे । दोस्रो हाफमा फ्रान्सले खेलमा फर्किने प्रयास गरेको थियो ।

त्यसै क्रममा एमबापेले ४८ र ६८ औं मिनेटमा एक एक गोल गरे । ब्राडली बारकोलाले ५४ औं मिनेटमा एक गोल गरे थपे साकाले पेनाल्टीबाट इंग्ल्यान्डका लागि ८७ औं मिनेटमा गोल गर्दै आफ्नो ऐतिहासिक ह्याट्रिक पूरा गरे ।

दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा ओसमन डेम्बेलेले फ्रान्सका लागि चौथो गोल  गरे । लगतै इन्ज्युरी समयको आठौं मिनेटमा जुड बेलिंघमले इंग्ल्यान्डका लागि छैटौं गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →