TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 11, 2026 · Swadesh

एल क्लासिको जित्दै बार्सिलोना च्याम्पियन

एल क्लासिको जित्दै बार्सिलोना च्याम्पियन

बार्सिलोनाले आइतबारले एल क्लासिको जित्दै स्पेनी ला लिगामा उपाधि हात पारेको छ । क्याम्प नुमा भएको खेलमा बार्सिलोनाले रियललाई २–० ले पराजित गरेको हो । उसका लागि पहिलो हाफमा मार्कस रसफोर्ड र फेरान टोरेसले एक एक गोल गरे ।


बार्सिलोनाको ३५ खेलबाट ९१ अंक भएको छ । यससँगै लिगमा तीन चरणको खेल बाँकी छँदा बार्सिलोनाले शीर्ष स्थानमा निर्णायक सावित हुने १४ अंकको अग्रता लिएको हो । रियल भने ७७ अंकमा दोस्रो स्थानमा कायम रह्यो ।


डिफेन्डिङ च्याम्पियनका रूपमा बार्सिलोनाले लिग उपाधिको रक्षा गरेको हो । रियल यो सिजन उपाधि विहीन रह्यो । बार्सिलोना स्पेनी लिग च्याम्पियन भएको यो २९ औं पटक हो । रियलले कीर्तिमान ३६ पल्ट लिग जितेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →