← समाचारमा फर्कनुस्
Cricket May 02, 2026 · Swadesh

राजस्थानलाई हराएर दिल्ली अगाडि बढ्दै

राजस्थानलाई हराएर दिल्ली अगाडि बढ्दै

दिल्ली क्यापिटल्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको राजस्थानले छ विकेटमा २ सय २५ रन बनाएको थियो । त्यसमा कप्तान रियान परागले ५० बलमै ९० रनक जोडे । यस्तै डोनाभन फेरेराले ४७ रन जोडे ।


जवाफमा दिल्लीले केएल राहुलको ७५ रनको मदतले तीन विकेटमा २ सय २६ रन बनाउन सफल रह्यो । राहुलले ४० बलको सामना गरेर छ चौका र पाँच छक्का प्रहार गरे । यस्तै पाथुम निसान्काले ६२ रन बनाए । राहुल र निसान्काले पहिलो विकेटका लागि १ सय १० रनको साझेदारी गरे । दिल्ली जितसम्म पुग्दा पाँच बलको खेल बाँकी थियो ।


यो जितपछि आठ अंक भएको छ र छैटौं स्थानमा अगाडि बढेको छ । राजस्तान भने १२ अंकमा चौथो स्थानमा रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →