आइसीसी विश्वकप लिग–२ मा नेपालको १५औं हार

काठमाडौं। आइसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध सम्पन्न खेलमा नेपाल डकवर्थ–लुइस–स्टर्न ९डीएलएस० विधिअनुसार २ रनले पराजित भएको छ।
वर्षाका कारण ३९ ओभरमा झारिएको खेलमा स्कटल्यान्डले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो।
नेपालका गुल्सन झाले अविजित ६१ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ४९ बलमा ५५ रन बनाए भने रोहित पौडेलले ३२ रन जोडे। आसिफ शेखले २१ रन बनाउँदा करण केसीले १८ रनको योगदान दिए।
स्कटल्यान्डका ब्राड करीले ३ विकेट लिए भने मार्क वाटले २ विकेट हात पारे। ओलिभर डेभिडसन र ज्याक जार्भिसले समान १–१ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो। जर्ज मुन्सीले सर्वाधिक ७५ रन बनाए। उनले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरे। फिन्ले म्याकक्रेथले ३५ रन बनाए भने माइकल इङ्ग्लिस ३४ रनमा अविजित रहे। माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। करण केसी र नन्दन यादवले समान २–२ विकेट हात पारे।
जारी लिग–२ मा नेपालको यो १५औं हार हो। २५ खेलबाट १८ अंकसहित नेपाल सातौं स्थानमा छ। २९ खेलबाट ३६ अंक रहेको स्कटल्यान्ड दोस्रो स्थनामा छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women