← समाचारमा फर्कनुस्
Cricket Apr 17, 2026 · Swadesh

यूएई र ओमानविरुद्ध खेल्न नेपालको टोली घोषणा

यूएई र ओमानविरुद्ध खेल्न नेपालको टोली घोषणा

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीच हुने शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। 


नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहित पौडेलको कप्तानमा अन्तिम टोली घोषणा गरेको हो। टोलीमा उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीले सम्हाल्ने छन्।


यस्तै, टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन्।


वैकल्पिक खेलाडीमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →