Share on:

एसिया कपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता
July 25th, 2024

काठमाडौं । एसिसी महिला एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो।

तेस्रोपल्ट एसिया कपमा सहभागी भएको नेपालले समूह चरण युएईलाई ६ विकेटले पराजित गरेको थियो भने पाकिस्तानसँग ९ र भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूहचरणबाट बाहिरिएको थियो।


Swadesh Maharjan | July 25th, 2024

Comments

No comments yet.