एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई

एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
सिटीके जितमा इल्के गुन्डोगानले दुबै गोल गरेका थिए। युनाईटेडका लागि ब्रुनो फर्नान्डेजले एक गोल फर्काए ।
सिटीले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता लिएको थियो। केभिन डिब्रुइनाको पासमा इल्के गुन्डोगानले डिबक्स बाहिरबाट प्रहार गर्दै गोल गरेको थियो।
युनाईटेडलाई खेलको ३३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गरेको थियो। युनाईटेडले ग्रिलिसले बल क्लियल गर्ने क्रममा ह्याण्डबल भएकाले पेनाल्टी पाएको थियो।

त्यस्तै खेलको ५१ औं मिनेटमा पुनः केभिन डिब्रुइनाको पासमा इल्के गुन्डोगानले गोल गर्दै जित पक्का गरेको थियो।
यस जित संगै सिटीले यस सिजनमा दोस्रो उपाधी जितेका छन् र यहि आउदो जुन १० मा इन्टर मिलानसँग च्याम्पियन्स लिगको फाइनलमा खेल्नेछ। च्याम्पियन्स लिग पनि जिते सिटीले ट्रेबल उपाधि जित्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |