← समाचारमा फर्कनुस्
Football Oct 18, 2026 · Swadesh

सिटीको लगातार सातौं जित

सिटीको लगातार सातौं जित

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने क्रममा शनिबार इपस्विच टाउनलाई ३–२ ले पराजित गरेको छ । यससँगै उसको सात खेलबाट अधिक्तम २१ मंक भएको छ । सिटीका लागि इर्लिङ हालान्डले दुई गोल गरे ।

लिभरपुलले ब्रेन्टफोर्डलाई २–१ ले हराउन सफल रह्यो । उसको पुर्नआगमन जितमा भने एलेकजान्डर इसाकले निर्णायक गोल गरे । यस्तै एस्टन भिल्लाले न्युकासल युनाइटेडलाई १–० ले हरायो । खेलको एक मात्र गोल जोहन माजम्बीले गरे ।

भिल्लाको अब अपराजित यात्रा पाँच खेल पुगेको छ । सिजनकै पहिलो लिग जितका लागि फुलहमले हल सिटीमाथि १–० को जित रच्यो । यो जितपछि फुलहमले रेलिगेसन क्षेत्र छाडेको छ र उसको पाँच अंक भएको छ । उसका लागि एलेक्स इवाबीले गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →