← समाचारमा फर्कनुस्
Football Sep 09, 2026 · Swadesh

पहिलो दिन रियल र सिटी विजयी

पहिलो दिन रियल र सिटी विजयी

युरोपेली च्याम्पियन्स लिगमा नयाँ सिजनको पहिलो दिन मंगलबार राति दुई ठूला नाम रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी रहेका छन् । रियलले इन्टर मिलानलाई २–१ ले पराजित गर्‍यो भने सिटीले पोर्टोलाई २–० ले हरायो ।

प्रशिक्षकका रूपमा रियल फर्केयता मोउरिन्हाले आफ्नै पुरानो क्लबविरुद्ध जित निकालेको हो । सान्टियागो बर्नाबाउमा रियलले किलियन एमबापेको गोलले अग्रता लिएको थियो । च्याम्पियन्स लिगमा एमबापेको यो ७१ औं गोल रह्यो ।

त्यसपछि फेडरिको भाल्भेरडेले दोस्रो गोल थपे । इन्टरका लागि कार्लोस अगस्टोले एक गोल फर्कार्ए । सिटीका लागि भने इर्लिङ हालान्डले दोस्रो हाफमा दुई गोल गरे । उनले च्याम्पियन्स लिगमा गरेको गोल संख्या भने ५९ पुगेको छ ।


अन्य खेलमा बोरुसिया डर्टमुन्ड र एस्टन भिल्ला पनि विजयी रहे । भिल्लाले क्लब ब्रुगलाई ३–२ ले हरायो । डर्टमुन्ड भने भिल्लारियलमाथि ३–२ ले नै विजयी रह्यो । रियल बेटिसले पनि दस खेलाडीमा सीमित लिलमाथि ३–२ को नै जित दर्ता गरेको हो । यस्तै अर्को खेलमा एईके एथेन्सले एलएएसकेलाई १–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →