रियल म्याड्रिडलाई पराजित गर्दै सिटी फाईनलमा

युइएफए च्याम्पियन्स लिगमा गए राती सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गर्दै सिटी फाईनलमा प्रवेश गर्को छ। पहिलो लेगमा १-१ को बराबरी खेलको थियो भने इतिहाद स्टेडियममा भएको दोस्रो लेगमा सिटीले म्याड्रिडलाई ४–० तथा समग्रमा ५–१ को जित निकालेको हो ।
सिटीका लागी बर्नाडो सिल्भाले दुई गोल, म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरेका थिए ।
पहिलो हाफमा सिटीले खेलको २३औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा सिल्भाले गोल गर्दै १–० को अग्रता दिलाएको थियो। त्यस्तै खेलको ३७औं मिनेटमा सिल्भाले दोस्रो गोल गक्दै सिटीलाई २–० ले अघि बढ्यो । उनले गुण्डुवानले प्रहार गरेको सटलाई म्याड्रिडका डिफेण्डरले बल्कगरेको बलमा हेड गर्दै गोल गरेको थियो।

सिटाको लागि तेस्रो गोल ७६औं मिनेटमा म्यानुयल एकान्जीले गरेको थियो। उनको फ्री किकमा हेड गरेको बल एडर मिलिसाओलाई डिफ्लेक्ट हुँदै गोलमा भएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फिलफोडेको पासमा अल्भारेजले गोल गर्दै सिटी ४-० को जित दिलाए ।
सिटीले अब फाइनल इन्टर मिलानसंग जुन ११ तारिख १२ः४५ मा इस्टामबुलमा खेल्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |