← समाचारमा फर्कनुस्
चर्च ब्वाइजको रोमान्चक जित

काठमाडौ- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दोस्रो दिन च्यासल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ ।
ए डिभिजन लिगमा डेब्यु गरेको चर्च ब्वाइजको लागि आशिष चौधरी र फ्रान्ङ्कलिक टल्लाले गोल गरेको थियो ।
पुलिसका लागि रवि शंकर पासवानले गोल गरेको थियो ।
चर्च ब्वाइजले १-० गोलले पछिको अबस्थालाई उल्ट्याउँदै खेलमा जित निकालेको थियो ।
रविले खेलको १४औं मिनेटमा गोल गरेका थिए भने चर्चका लागि आशिष पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै १-१ गोलको बराबरी अबस्थामा ल्याए ।
त्यस्तै खेलको ७०औं मिनेटमा चर्च ब्वाइजका लागि टल्लाले पेनाल्टी मार्फत गोल गरि पहिलो खेलमा नै ३ अंक दिलाउन सफल भएका हुन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |