← समाचारमा फर्कनुस्
Football Apr 10, 2025 · Swadesh

टुंगियो चितवनको अपराजित यात्रा

टुंगियो चितवनको अपराजित यात्रा

काठमाडौं। एफसी चितवनको अपराजित यात्रामा ‘ब्रेक’ लगाउँदै साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा ललितपुरले २–१ को जित निकालेको हो। योसँगै चितवनको अपराजित यात्रामा ‘ब्रेक’ लागेको छ भने ललितपुरले भने आफ्नो लयलाई निरन्तरता दिएको छ।

दोस्रो जित निकालेको ललितपुर आठ अंकसहित चितवनलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट सात अंक रहेको चितवन एक स्थान तल झरेको छ।

ललितपुरलाई जित दिलाउन मणिकुमार लामा निर्णायक बने। उनले एक असिस्ट र निर्णायक गोल गरे। यस्तै, इमो इजिकेलले ललितपुरको जितमा एक गोल थपे। चितवनका भिक्टर मानसरेले गोल गरे पनि सान्त्वना रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →