TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports May 21, 2026 · Swadesh

बुद्धिचालमा दिपेन्द्र पहिलो

बुद्धिचालमा दिपेन्द्र पहिलो

काठमाडौं जेठ ७ गते ।
नेपाल वायु सेवा निगमका दिपेन्द्र ठाकुर १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचालमा बिहीबार पहिलो भएका छन् । पाँच चरणको खेलमा उनले शत प्रतिशत जित निकाल्दै ५ अंक जोडे ।


कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको खेलमा नेपाल विद्युत प्राधिकरणका रिजन ग्वाचा दोश्रो तथा नेपाल टेलिकमका देवनारायण खनाल तेश्रो बने । रिजनले ४ तथा देवले ३ अंक बटुले । देव टाइब्रेकमा तेश्रो भएका हुन् । १४ प्रतियोगी सहभागी थिए ।


विभिन्न ४ खेल समावेश प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालसहित ३ सम्पन्न भएको छ । फुटसल शुक्रबारदेखि कुलेश्वरस्थित भिजन नोभामा सुरु हुँदै । पुरुषमा १३ र महिलामा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन् ।


ब्याडमिन्टनमा कृषि विकास बैंकले सर्वाधिक २ तथा विद्युत, नेपाल नागरिक उड्डयन प्राधिकरण, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जितेका छन् । टेबलटेनिसमा एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले समान २–२ तथा नागरिक उड्डयनले १ स्वर्ण हात पारेका छन् । प्रतियोगिता जेठ १० गतेसम्म चल्ने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →