← समाचारमा फर्कनुस्
चेन्नाइ प्ले अफको नजिक

चेन्नाइ सुपर किंग्सले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सलाई आठ विकेटले हराएर प्ले अफको नजिक पुगेको छ । यो जितपछि चेन्नाईको अब दस अंक भएको छ र यो शीर्ष चारबाट दुई अंकको दूरी मात्र हो ।
दिल्लीले भने यस्तै अवसर गुमायो र आठ अंकमा सातौं स्थानमा रह्यो । दिल्लीमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ५५ रन बनाएको थियो । त्यसमा समिर रिज्भीको ४० रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो, अरू कसैले गतिलो योगदान गर्न सकेनन् ।
जवाफमा ओपनर सन्जु सामसनको नटआउट ८७ रनको मदतले चेन्नाइले १७.३ ओभरमा दुई विकेटमा १ सय ५९ रन बनायो । सन्जुले ५२ बलको सामना सामना गरे र सात चौका तथा छ छक्का प्रहार गरे । अर्का नटआउट ब्याटर कार्तिक शर्माले ३१ बलमा ४१ रन बनाएर जितमा ठोस योगदान गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women