चेल्सी र बेनफिका क्वार्टरफाइनलमा प्रवेश

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आ-आफ्नो खेल जित्दै चेल्सी र बेनफिका प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
राति भएको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै घरेलु क्लब चेल्सी समग्रमा २–१ गोलसहित अन्तिम ८ मा प्रवेश गरेको हो।
चेल्सीका लागी रहिम स्टर्लिङ र काइ हभार्ट्जले समान एक-एक गोल गरे। डर्टमण्डले घरेलु मैदानमा भएको पहिलो लेग १–० ले जितेको थियो । तर अग्रता जोगाउन नसक्दी डर्टमुन्ड प्रतियोगिताबाट बाहिरिन पुग्यो।

त्यस्तै राति नै भएको अर्के खेलमा बेन्फिाकाले क्लब ब्रुगालाई ५–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो लेग २–० ले जितेको बेनफिका समग्रमा ७–१ गोलसहित अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।
घरेलु मैदानमा बेन्फिकाका लागी गोन्सालो रामोसले दुई,राफा सिल्भा, जोआओ मारियो र डेभिड नेरेसले समान १-१ गोल गरे । उती क्लब ब्रुगाका लागी विजोर्न मेइजेरले एक गोल फर्काए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |