काभा वुमन्स च्याम्पियनसिप जेठ दोस्रो साताबाट, ट्रफी सार्वजनिक

काठमाडौँ। नेपाल भलिबल संघको आयोजनामा हरने सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० वुमन्स भलिबल च्याम्पियनसिप जेठको दोस्रो साता हुने भएको छ। प्रतियोगिता ८ देखि १५ सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालाको कभर्ड हुलमा हुनेछ। प्रतियोगितामा कुल ८ देशको सहभागिता रहनेछ।
प्रतियोगितामा नेपालसँगै इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र काजाकिस्तान रहेका छन्। प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघको औपचारिक कार्यक्रम रहेको हुनाले यसको प्रभाव विश्व वरीयतामा पनि पर्नेछ।
प्रतियोगितालाई लिएर आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सबै तयारी पूरा भएको बताए। पत्रकार सम्मेलनकै अवसरमा प्रतियोगिताको ट्रफि पनि सार्वजनिक गरिएको थियो।
प्रतियोगिताको कुल बजेट दुई करोड ५० लाख रुपैयाँ रहनेछ। तयारीका लागि अहिले १६ खेलाडी सम्मिलित नेपाली टिमको प्रशिक्षण चलिरहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women