← समाचारमा फर्कनुस्
काभा महिला भलिबल च्याम्पियनसिप : आज दुई खेल हुँदै

काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्।
प्रतियोगिताको पाँचौं दिनअन्तर्गत वरियता चरणका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सञ्चालन हुनेछन्।
आजको पहिलो खेलमा किर्गिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।
त्यसपछि हुने दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स आमनेसामने हुनेछन्। यो खेल साँझ ५ बजेबाट सुरु हुनेछ।
यस्तै, साेमाबार समूह चरणकाे खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएकाे छ। सेमिफाइनलमा इरानले नेपालसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो। अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतले काजाकिस्तानसँग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women