TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball May 29, 2026 · Swadesh

काभा महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि इरान र काजाकिस्तान भिड्दै

काभा महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि इरान र काजाकिस्तान भिड्दै

काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त आज हुँदैछ।


गत जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। उपाधिका लागि आज इरान र काजाकिस्तान आमनेसामने हुँदैछन्। फाइनल खेल दिउँसो ४:३० बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ।


त्यसअघि तेस्रो स्थानका लागि घरेलु टोली नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र भारतबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।


बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा काजाकिस्तानले भारतलाई तथा दोस्रो सेमिफाइनलमा इरानले नेपाललाई समान ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।


यी दुवै टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका थिए। समूह चरणमा भारत समूह विजेता तथा नेपाल उपविजेता बनेका थिए। भारतले समूह चरणका सबै खेलमा जित हात पार्दा नेपाल भने भारतसँग पाँचौं सेटसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो।


यता, समूह चरणमै काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराएको इरान अपराजित रहँदै फाइनल पुगेको हो। इरान समूह चरणको लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ भने काजाकिस्तान समूह चरणको हारको बदला फाइनलमै लिने दाउमा रहनेछ।


प्रतियोगितामा किर्गिस्तान पाँचौं तथा श्रीलंका छैटौं स्थानमा रहे। यस्तै, माल्दिभ्स सातौं स्थानमा रहँदा कुनै पनि खेल जित्न नसकेको बंगलादेश पुछारमा सीमित भयो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →