← समाचारमा फर्कनुस्
Basketball Jun 08, 2023 · Shishir

बीएमसीए र पृथ्वी सेमिफाइनलमा

बीएमसीए र पृथ्वी सेमिफाइनलमा

काठमाडौं, जेठ २५ गते । आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र पृथ्वी प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बीएमसीए सिनियर ब्वाइज तथा पृथ्वी गल्र्समा सेमिफाइनल पुगेका हुन् ।

सिनियर ब्वाइजमा बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित ग¥यो । विजयी टिमका लागि पारस गुरुङले ११ अंक जोडे । गल्र्समा पृथ्वीले टेरेसा एकेडेमीलाई ४१–३० ले हरायो । पृथ्वीकी बविता घिमिरेले १९ अंक बटुलिन् ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३६–२५, ग्रिनल्यान्डले एचएचसीएलाई ५५–४८ तथा सेन्ट जोसेफले गोल्डेनपिकलाई ४६–४२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । भ्याली पब्लिकका सुनिल पौडेलले १४, ग्रिनल्यान्डका प्रवीण गुरुङले १९ र सेन्ट जोसेफका सुविन तामाङले १४ अंक जोडे ।

गल्र्समा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ३३–२१, एचएचसीएले बीएमसीएलाई २७–२२ तथा हिमालयन किङडमले ग्रिनल्यान्डलाई ३५–३२ ले पन्छ्याउदै सेमिफइनलमा स्थान बनाए । भ्याली पब्लिककी एन्जल गुप्ताले १२, एचएचसीएकी प्रमिका लामाले ९ र हिमालयन किङडमकी छिरिङ डोल्माले ९ स्कोर गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →