← समाचारमा फर्कनुस्
Football Mar 31, 2023 · Nepalsports

विराट गोल्डकपको उपाधि बिराटनगर सिटीलाई

विराट गोल्डकपको उपाधि बिराटनगर सिटीलाई

सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटी एफसीले जितेको छ । विराटनगरको शहीद रंगशालामा फ्लर्ड लाइटमा आज भएको फाइनलमा भारतीय क्लब लुका सकरलाई ४–० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि घरमै राखेको हो । 

घरेलु टोली विराटनगरले ६१ वर्षपछि दोस्रो पटक गोल्डकपको उपाधि हात पारेको छ ।  
यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपबिजेता भएको थियो ।
भने २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यस यता पहिलो पटक उपाधि जित्न सफल भयो ।
विराट गोल्डकपमा पहिलो पटक भाग लिएको केरला उप विजेता बन्न सफल भयो ।
वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको विराटनगरलाई जिताउनका लागि अफिज ओलावालेले, विमल घर्तिमगर, मेसुके ओलोमोउ र अभिषेक गुरुङले  एक एक गोल गरे ।
खेलको सातौं मिनेटमा विमल घर्तिमगरले डि बक्सबाहिरबाट दिएको पासलाई अफिज ओलावालेले उत्कृष्ट फिनिसिङ गरेका थिए । 


दशौं मिनेटमा लुका सकरका मोहमद फैजानले बराबरी गर्ने मौकालाई विराटनगरका गोलकिपर विशाल श्रेष्ठ बाधक बनेका थिए ।  दुवै टिमले लगातार गोलको प्रयास गरे पनि सफल हुन सकेनन् । ७१ औं मिनेटमा विराटनगरले पेनाल्टी पाएको थियो । मेसुके ओलामोले गरेको प्रहारलाई लुका सकरका कप्तान मोहम्मद अर्सदले डी बक्समा क्लियर गर्दा ह्यान्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो । विराटनगरका स्टेफन वियोंगले गरेको प्रहारलाई लुका सकरमा गोलकिपर सनफिरले सहजै सेभ गरेपछि अग्रता दोब्बर हुनबाट जोगाएका थिए । 
७९ औं मिनेटमा स्टेफन वियोंगले गरेको क्रसलाई विमल घर्तिमगरले गरेको प्रहार बारमा लागेर गोलमा परिणत भएपछि अग्रता दोब्बर भएको थियो । अन्तिम समय लगातार लुका सकरमाथि दबाब बनाएको विराटनगरले ८९ औं मिनेटमा तेस्रो गोल गरेको थियो । मेसुकेले गोल गर्दा विराटनगर ३–० ले अघि बढेको थियो । अतिरिक्त समयमा लुका सकरले विराटनगरका गोलकिपर विट भए पनि गोल गर्न असफल रह्यो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अभिषेक गुरुङले फाइनल ह्वीसल बज्नु अघि गोल गर्दै विराटनगरलाई ४–० को जित दिलाए ।

आजको खेलमा विराटनगरका सुरज विके म्यान अफ दी म्याच बन्दै नगद ११ हजार प्राप्त गरे ।
फेयर प्ले अफ द टुर्नामेन्टको उपाधि जावलाखेल युथ क्लबले नगद २५ हजार प्राप्त गरेको छ । यसैगरी सर्वाधिक गोलकर्ताको अवार्ड विराटनगरका अभिषेक गुरुङले हात पारे । हरेक खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अभिषेकले गोल पनि गर्दै आएका थिए । आजको फाइनलमा पनि उनले टिमका लागि चौथो गोल गरेका थिए ।  यसैगरी उत्कृष्ट फरवार्डको उपाधि भने लुका सकर भारतका चल्सले हात पारे ।  उत्कृष्ट डिफेन्डरमा देवेन्द्र तामाङ रहे भने उत्कृष्ट मिडफिल्डरको रुपमा विराटनगरका युता सुजुकी रहे । उत्कृष्ट गोलकिपरको रुपमा विराटनगरका विशाल श्रेष्ठ रहँदा उत्कृष्ट प्रशिक्षकको उपाधि भने विराटनगरकै सन्तोष न्यौपानेले हात पारे । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भने विराटनगरका मेसुके ओलाउमो रहे  । विधागततर्फ उत्कृष्ट भएकालाई नगद जनही २५ हजार रुपैया र मुख्य प्रायोजक काब्रा ग्रुपबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट प्रशिक्षक र गोलरक्षकको नगद २५ हजार पुरस्कार भने नेपाली क्रिकेट टिमका पूर्व खेलाडी तथा व्यवसायी पारस लुनियाले प्रायोजन गरेका थिए ।  उपाधि जितेको घरेलु टोली विराटनगर सिटी एफसीले  २० लाख १५ हजार  र उपबिजेता बनेको लुका सकरले १० लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →