← समाचारमा फर्कनुस्
Football Mar 04, 2023 · Nepalsports

विमल जिनियस स्पोर्ट्स एम्बासडर

विमल जिनियस स्पोर्ट्स एम्बासडर

लुभूस्थित जिनियस आईबी वल्र्ड स्कुलले राष्ट्रिय फुटबल टोलीका विमल घर्ती मगरलाई जिनियस स्पोर्ट्स एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा जिनियसका अध्यक्ष नवीनकुमार जोशी र विमलले एक कार्यक्रमबीच हस्ताक्षर गरे ।

जिनियसका शैक्षिक प्रमुख प्रदीप वज्राचार्यले विमलले जिनियसको फुटबल टोलीलाई प्रशिक्षण दिनु पर्ने, जिनियसको कार्यक्रममा सहभागी हुनु पर्ने, जिनियसको प्रवद्र्धनलगायतका कार्यमा सहयोग गर्नु पर्ने जानकारी गराए।

कार्यक्रममा अध्यक्ष जोशीले सम्झौता तत्काल १ वर्षका लागि भएपनि आगामी वर्षमा पनि निरन्तरता पाउने बताउदै जिनियसमा आबद्ध भएको विमललाई धन्यवाद दिए ।
विमलले जिनियसको फुटबल जर्सी सार्वजनिक गर्नुका साथै जिनियसको छात्र-छात्रा टोलीलाई प्रशिक्षण पनि दिएका थिए ।

कार्यक्रममा विमलले जिनियससंग जोडिन पाउँदा खुशी लागेको बताउदै जिनियसको फुटबललाई माथि उकास्न र विद्यालयको प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शैक्षिक प्रमुख वज्राचार्यले राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य विमललाई जिनियसमा आबद्ध गर्न पाउँदा गर्वको अनुभुति भएको बताउदै विमलको आगमनले जिनियसको फुटबलसंगै अन्य गतिविधको पनि उचाईं बढ्ने विश्वास व्यक्त गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →