← समाचारमा फर्कनुस्
Football Aug 26, 2026 · Swadesh

बेटिसको जितमा गार्सिया निर्णायक

बेटिसको जितमा गार्सिया निर्णायक

पाब्लो गार्सियाले खेलको अन्त्यतिर गरेको गरेको एक मात्र गोलको मदतले रियल बेटिसले स्पेनी ला लिगामा मंगलबार भ्यालेन्सियालाई १–० ले हराएको छ र आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राखेको छ । यो जितपछि बेटिसको दुई खेलबाट छ अंक भएको छ र दोस्रो स्थानमा छ ।

सेभियाको पनि दुई खेलबाट छ अंक रहेका छ र शीर्ष स्थानमा छ । भ्यालेन्सिया भने नयाँ सिजन दुई खेलमा जित निकाल्न असफल रहेको छ र एक अंकमा सीमित रहेर १५ औं स्थानमा रहेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला गार्सियाले ८३ औं मिनेटमा गोल गरे ।

यस गोलमा बेटिसका लागि डेब्यु गरिरहेको गणतन्त्र आयरल्यान्डका खेलाडी ट्रोय पारोटलले सहयोगी भूमिका पनि निभाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →