← समाचारमा फर्कनुस्
Football Apr 06, 2023 · Nepalsports

करिम बेन्जेमाले ह्याट्रिकमा रियल म्याड्रिड कोपा डेल रेको फाइनलमा

करिम बेन्जेमाले ह्याट्रिकमा रियल म्याड्रिड कोपा डेल रेको फाइनलमा

रियल म्याड्रिड सन् २०१४ पछि पहिलो पटक कोपा डेल रेको फाइनलमा पुगेको छ। रियलले बुधबार राती भएको  सेमिफाइनल दोस्रो लेगमा बार्सिलोनालाई क्याम्प नोउमा ४-० ले  र समग्रमा ४-१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा बर्नाबेउमा एडर मिलिटाओको आत्मघाती गोलमा बार्साले  १-० को अग्रता लिएको थियो।

रियल म्याड्रिडको जितमा करिम बेन्जेमाले ह्याट्रिक र भिनिसियस जुनियरको एक गोलमा गरेको थियो।

पहिलो हाफको थपिएको समयमा भिनिसियसको गोलले म्याड्रिडलाई अग्रता दिलाएको थियो।  त्यस्तै बालोन डी'ओर विजेता करिम बेन्जेमाले खेलको ५०औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै २-० गोलको अग्रता दिलाए।  

खेलको ५८औं मिनेटमा रियलले पेनाल्टी मार्फत करिम बेन्जेमाले गोल गर्दै ३-० अग्रताको बनाए। भिनिसियसलाई डिबक्स भित्र लडाए पछि पेनाल्टी पाएको थियो। 

त्यस्तै खेलको ८०औं मिनेटमा भिनिसियसको पासमा करिम बेन्जेमाले व्यक्तिगत तेस्रो गोल ह्याट्रिक गर्दै बार्सालाई समग्रमा ४-१ को जित निकाल्दै फाइनलना प्रवेश गरेको हो।

म्याड्रिड अब फाइनलमा ओसासुनासंग मे ६ मा  खेल्ने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →