← समाचारमा फर्कनुस्
बेन्जेमाको ह्याट्रिकमा रियल मड्रिडको शानदार जित

काठमाडौ- स्पेनिस ला लिगामा बेन्जेमाले शानदार ह्याट्रिक गर्दा रियल मड्रिडले शानदार जित निकालेको छ।
घरेलु मैदानमा रियलले रियल भालाडोलिडलाई ६-० गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा कप्तान करिम बेन्जेमाले २९,३२ र ३६ औ मिनेटमा तीन गोल गर्दै शानदार ह्याट्रिक गरे। त्यस्तै रोड्रिगो,लुकास भास्केज र मार्को एसेन्सियोले समान एक-एक गोल गरे।
चोटका कारण लामो समय मैदान बाहिर रहेका रियलका इडेन हजार्ड चोटमुक्त हुदै आजको खेलमा मैदान फर्किएका छन्।
यो जितसंगै दोस्रो स्थानमा रहेको रियलको २७ खेलबाट ५९ अंक भएको छ। शिर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७१ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |