अमेरिकालाई रोक्दै बेल्जियम क्वाटरफाइनलमा

फोलोरिन बोलोगनको विवादलाई निस्तेज पार्दै बेल्जियमले विश्वकप २०२६ मा मंगलबार अमेरिकालाई ४–१ ले हराएको छ र प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हारले प्रतियोगितामा अमेरिकाको चुनौती समाप्त भएको छ ।
यससँगै प्रतियोगितामा तीनै सह–आयोजक देश बाहिरएका छन् । यसअघि क्यानाडा र मेक्सिको पनि अन्तिम १६ को चरणमै पराजित रहेका थिए । बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको खेलमा सिधा रातो कार्ड खाएर पनि बोलोगनले बेल्जियमविरुद्ध खेल्न पाएका थिए ।
चर्को आलोचनाको शिकार भएको फिफाको यो निर्णय खेलमा खासै परेन् । सियाटलमा भएको खेलमा बेल्जियमका लागि चार्ल्स डे केटेलेरले नवौं मिनेटमा पहिलो गोल गरेपछि ३३ औं मिनेटमा दोस्रो गोल थपे । अमेरिकाका लागि मलिक टिलमनले ३१ औं मिनेटमा एक गोल फर्काए ।
खेलको ५७ औं मिनेटमा हान्स भानाकेनले बेल्जियमका लागि तेस्रो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले चौथो गोल आफ्नो नाममा लेखाए । अब अन्तिम आठ चरणको खेलमा बेल्जियमलेस्पेनको सामना गर्नेछ । स्पेनले यसअघिको खेलमा पोर्चुगललाई पराजित गरेको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |