← समाचारमा फर्कनुस्
Football Jul 02, 2026 · Swadesh

सेनेगललाई पन्छाएर बेल्जियम अन्तिम १६ मा

सेनेगललाई पन्छाएर बेल्जियम अन्तिम १६ मा

योरी टेलेमन्सले अतिरिक्त समयको अन्त्यतिर पेनाल्टीमा नाटकीय गोल गरेपछि बेल्जियमले विश्वकप २०२६ मा बिहीबार सेनेगललाई ३–२ ले हराएको छ र अन्तिम १६ मा प्रवेश गरेको छ । बेल्जियमलले दुई गोलले पछाडि रहेको स्थितिबाट यो उत्कृष्ट पुर्नआगमनको जित आत्मसात् गरेको हो ।  

अतिरिक्त समयको अन्त्यतिर ममुडो लामिनले टेलेमन्समाथि फल गरेपछि बेल्जियमले पेनाल्टी प्रहारको अवसर पाएको थियो र त्यसलाई सदुपयोग गर्न सफल रह्यो ।

सेनेगलले हबिब डिएराले २५ औं मिनेटमा गरेको गोलमा अग्रता लिएको थियो । इस्माइल सारले ५१ औं मिनेटमा दोस्रो गोल थपे र सेनेगल जिततर्फ अग्रसर देखिएको थियो । तर रोमेलु लुकाकुले ८६ औं मिनेटमा बेल्जियमका लागि पहिलो गोल गरे ।

लगतै ८९ औं मिनेटमा योरी टेलेमन्सले बराबरी गोल गरे । त्यसपछि अतिरिक्त समयमा भने थप गोल हुन सकेन् । अब सेनेगलले क्वाटरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया एन्ड हर्ज गोभिनाबीच बिहीबार नै हुने खेलको विजेताको सामना गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →