← समाचारमा फर्कनुस्
बायर्नको जितमा डियाजको हयाट्रिक

लुइस डियाजको शानदार ह्याट्रिक मदतले बायर्न म्युनिकले शनिबार आरबी लाइपजिगलाई ६–१ ले पराजित गरेको छ । यस जितपछि बायर्न अंक तालिकाको शीर्षमा उक्लिन पनि सफल रह्यो ।
यसअघि बोरुसिया डर्टमुन्डले युनियन बर्लिनसँग गोलरहित बराबरी खेलेपछि बायर्नलाई फाइदा पुगेको हो । दुवै टिम समान १४ अंकमा छन् र बायर्न गोल अन्तरले अगाडि रहेको हो । फ्रेबर्ग १३ अंकमा तेस्रो स्थानमा छ र एक खेल कम खेलेको स्थितिमा फेरि शीर्षमा उक्लने अवसर छ ।
बायर्नको जितमा डियाजले १२, ४७ र ६९ औं मिनेटमा गोल गरे । यस्तै एलेक्वान्डर पाभलोभिच, माइकल ओलिस र ह्यारी केनले पनि बायर्नका लागि एक एक गोलको योगदान गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |