← समाचारमा फर्कनुस्
Football Apr 02, 2023 · Nepalsports

बुण्डेसलिगामा टुचेलको सुखद सुरुवात, वार्यन शीर्ष स्थानमा

बुण्डेसलिगामा टुचेलको सुखद सुरुवात, वार्यन शीर्ष स्थानमा

काठमाडौ- वार्यन म्युनिखका नवनियुक्त प्रशिक्षक थोमस टुचेलले बुण्डेसलिगामा सुखद सुरुवात गरेका छन्।

जर्मेन बुण्डेसलिगा अन्तर्गत राति भएको खेलमा साबिक विजेता बायर्न म्युनिख आफ्नो निकट प्रतिसपर्धि बोरुसिया डर्टमण्डलाई ४-२ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा वार्यनलाई जिताउन थोमस मुलरे दुई तथा किंग्सले कोमनले एक गोल गरे । त्यस्तै एक गोल भने वार्यनले डर्टमन्डबाट आत्मघाती गोलको रुपमा पाएको थियो।



डर्टमण्डका लागि एम्रे कान र डोनयल मालेनले एक एक गोल गरे।

युलियन नागेल्सम्यानलाई बर्खास्त गर्दै नियुक्त गरेको प्रशिक्षक टुचेलले टिमलाई २६ खेलबाट ५५ अंक जोड्दै शीर्ष स्थानमा फर्काएका छन्। 

उता समान खेलबाट ५३ अंक रहेको डर्टमण्ड दोस्रो स्थानमा झरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →