← समाचारमा फर्कनुस्
Basketball Jul 23, 2023 · Shishir

स्किब्स सेमिफाइनलमा

स्किब्स सेमिफाइनलमा

काठमाडौं, साउन ६ गते । आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बसुन्धारास्थित घरेलु कोर्टमा स्किब्सले सिद्धार्थ मोडेललाई ५–२ ले पराजित ग¥यो । सोही स्पर्धामा पारामाउन्टले एन्जल्स हार्टलाई ६–५, ज्ञान निकेतनले रेडिअन्टलाई ६–५ र गोल्डेनपिकले सूर्योदयलाई ९–७ ले हराउदै सेमिफाइनलमा स्थान स्थान सुरक्षित गरे ।

सेमिफाइनलमा गोल्डेनपिकको भेट स्किब्ससंग हुनेछ भने पारामाउन्टले ज्ञान निकेतन विरुद्ध खेल्ने छ ।
स्टाफमा स्किब्स र डिफेन्डिङ च्याम्पियन महामन्जुश्री उपाधिका लागि भिड्ने भएका छन् ।

स्किब्सले पाठशाला नेपाललाई ९–७ तथा महामन्जुश्रीले काठमाडौं वल्र्ड स्कुललाई १९–१७ ले सेमिफाइनलमा पाखा लगाउदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, सेन्ट जोसेफ, रिलायन्स, हिमालय, ज्ञान निकेतन, नवज्योति, इन्साइट भिजन र निम्सले क्वाटरफाइनलमा स्थान बनाए ।

सिनियर गल्र्समा भ्याली पब्लिक, साविक विजेता निम्स, पाठशाला, बसुन्धारा नेसनल एकेडेमी (बीएनए), रिब्स, पारामाउन्ट, एभरेष्ट र नेपाल मोडेलले क्वाटरफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको टोखा नगरपालिकाअन्तर्गत शिक्षा शाखाका प्रमुख प्रशाकीय अधिकृत बाबुराम गौतम, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।

सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिम गरी ६४ टिम सहभागी छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →