← समाचारमा फर्कनुस्
Basketball Jun 16, 2023 · Shishir

ऋत बास्केटबलमा १२० टोली

ऋत बास्केटबलमा १२० टोली

ऋत एकेडेमीको आयोजनामा हुने दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा १ सय २० टोलीको सहभागिता रहने भएको छ ।

ब्वाइजमा ९६ तथा गल्र्समा २४ टिमले भाग लिने निश्चित भइसकेको ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले जानकारी गराए । शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न इच्छुकले छात्रवृत्ति पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि छात्रवृत्ति दिइने छ ।

विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई ५ हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तेश्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् । 

‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । दुईदिने नकआउट प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजक ऋतको आफ्नै कोर्टमा खेलाइने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →