← समाचारमा फर्कनुस्
Basketball Sep 03, 2024 · Swadesh

महिला बास्केटबल टोलीको कप्तानमा अनुषा मल्ल

महिला बास्केटबल टोलीको कप्तानमा अनुषा मल्ल

काठमाडौं । नेपाली महिला बास्केटबल टोलीको कप्तानमा अनुषा मल्ल नियुक्त भएका छन्।

नेपाल बास्केटबल संघले मंगलबार उनलाई कप्तानमा नियुक्त गरेको हो। सन् २०१२ देखि महिला राष्ट्रिय बास्केटबल टोलीमा रहेकी उनी पछिल्लो पाँच वर्ष उपकप्तान थिइन्। 

उनी १२औं दक्षिण एसियाली खेलकुद (साग)को नेपाली टोलीको सदस्य थिइन् । २०१६ मा काठमाडौंमा भएको पहिलो महिला साबा च्याम्पियनसिपमा उनको टोली उपविजेता (रजत पदक विजेता) बनेको थियो। साथै, २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा पनि उनको टोली भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →