Share on:

श्री थ्री एक्स थ्री बास्केटबलको लिग चरणको खेल सम्पन्न
September 8th, 2024

काठमाडौं । श्री थ्री एक्स थ्री यू२३ बास्केटबल प्रतियोगिताको पुरुष र महिलातर्फ शनिवार लिग चरणका खेल सकिएका छन् ।

पुरुषतर्फ उत्कृष्ट ८ टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै महिलातर्फ चार टोली सेमिफाइनल पुगेका छन् ।  

त्रिपुरेश्वरस्थित राखेपको सेमि कभर्डहलमा भएको खेलमाबाट पुरुषतर्फ टाइम्स , हाउण्ड्स, टाइम्स बी, रिभोल्ट, बुढानिलकण्ठ, बास्केटबल क्लब, टिम बौद्ध, गोल्डेनगेट बलेज र टिम ध्वज क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै महिलातर्फ हाउण्ड्स, रिभोल्टको ए र बी टिम तथा बुढानिलकण्ठ बास्केटबल सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनल सेमिफाइनल र फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ ।

यस्तै कर्पोरेटतर्फ अम्रपाली र बीएस धौवलागिरीले सेमिफाइनलमा स्थान बनाएका छन् । कर्पोरेटतर्फ लिगको बाँकी खेलसहित नकआउट चरणको खेल आइतबारै हुनेछ ।



Swadesh Maharjan | September 8th, 2024

Comments

No comments yet.