ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएमसीए कप

काठमाडौं- ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ को झीनो अन्तरले पराजित ग¥यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ अंक जोडे ।
बूढानीलकण्ठस्थित रुद्रेश्वर हाइटमा भएको सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३१–२२ ले हरायो । भ्याली पब्लिककी अनिता गुरुङले ११ अंक जोडिन् ।
जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले किङडम हिमालयनलाई ३२–२२ ले पाखा लगायो । गोल्डेनपिकका अमन गुरुङले १३ स्कोर गरे । तीनै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिक मुस्कान गुरुङ र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनीहरुले जनही १ हजार ५ सय नगद पुरस्कार पाए ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल, सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा किङडम हिमालयनका लोप्साङ तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ, सिनियर गल्र्समा पृथ्वीकी बविता घिमिरे र जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङ टासी शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |