← समाचारमा फर्कनुस्
Basketball Jun 12, 2023 · Shishir

माल्दिभ्स जाने नेपाली बास्केटबल टोलीको बिदाइ

माल्दिभ्स जाने नेपाली बास्केटबल टोलीको बिदाइ

काठमाडौं – माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप सहभागी हुने नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे।

जुन १४ देखि जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्। शीर्ष दुई टोलीले फाइनल खेल्ने छ।

नेपाली टोलीः सदिश प्रधान (कप्तान), विनोद महर्जन (उप कप्तान), विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →