← समाचारमा फर्कनुस्
लालीगुराँस क्वाटरफाइनलमा

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले प्रारम्भ वल्र्डलाई २७–२० ले पराजित ग¥यो । एलएनएका साहिल पुनले १२ स्कोर गरे । एन्जल्स हार्टले नर्थ भ्यालीलाई २०–१४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । एन्जल्स हार्टका रुपेश पौडेलले ७ अंक जोडे ।
क्वाटरफाइनलमा एलएनएको भेट सिर्जना ज्ञान सागरसंग हुनेछ भने एन्जल्स हार्टले जीवन ज्योतिको सामना गर्ने छ । बाँकी क्वाटरफाइनल सिद्धार्थ मोडल र सेक्रेट हार्ट तथा हिमरश्मी र काठमाडौं लिङकनबीच हुनेछ ।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा एलएनए, नर्थ भ्याली, न्यु एरा र पद्यमचक्रले क्वाटरफाइनलमा स्थान पक्का गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |