← समाचारमा फर्कनुस्
Basketball Jun 17, 2023 · Shishir

ज्ञानोदय र रेडियन्ट क्वार्टरफाइनलमा

ज्ञानोदय र रेडियन्ट क्वार्टरफाइनलमा

काठमाडौं । ज्ञानोदय र रेडियन्ट तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित आयोजक संस्कृति इन्टरनेसनल स्कुलको कोर्टमा शुक्रबार ज्ञानोदयले युरोलाई ३४-२० ले पराजित गरेको हो । ज्ञानोदयको जितमा दिपेश शाहीले २९ अंक योगदान गरे । सन्तोष शर्माको १४ अंक सहयोगमा रेडियन्टले मातृभुमिलाई ३७-२२ ले हरायो ।

ब्वाइजमै संस्कृतिले एक्सेल्सियरलाई २७-१८, काठमाडौं भ्यालीले टीआईएलाई ५४-२०, निसर्गले रातो बंगलालाई १८-१७, हेम्सले काठमाडौं वर्ल्डलाई ३२-२३ र होली भिजनले जेम्सलाई ४५-२३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

संस्कृतिका दीप जोशी श्रेष्ठले ६, काठमाडौं भ्यालीका वनाह गुरुङले २२, निसर्गका अभनलाल श्रेष्ठले १०, हेम्सका हेमन्त राजवंशीले १८ र होली भिजनका सविन लामाले २३ स्कोर गरे ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →