← समाचारमा फर्कनुस्
Football Mar 06, 2023 · Nepalsports

ला लिगामा; बार्सिलोना विजयी, रियल रोकियो

ला लिगामा; बार्सिलोना विजयी, रियल रोकियो

काठमाडौ-
स्पेनिस ला लिगामा राति भएको खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ। घरेलु मैदानमा बार्सिलोनाले भ्यालेन्सियीलाई १-० गोल अन्तरले पराजित गरेको हो।

बार्साको जितमा ब्राजिलियन फर्वाड राफिन्हाले कप्तान सर्जियो बुस्केट्सको असिस्टमा गर्को गोल गरेका हुन्।

खेलको ५८ औ मिनेटमा बार्सिलोनाका डिफेन्डर कोन्डेले प्रहार गरेको गोल रोक्न खोज्दा भ्यालेन्सियाको डिबक्सभित्र उसका खेलाडीको हातमा गोलले लागेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। तर बार्सिलोनाका फेरान टोरेस गोल गर्न चुकेपछि अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो।
त्यस्तै खेलको ५९ औ मिनेटमा बार्सिलोनाको डिफेन्डर रोनाल्ड अरौगोले रातो कार्ड व्यहोरेपछि टिम १० खेलाडीमा सिमीत भएको थियो। यो जितसंगै बार्सिलोना लिगको उपाधितर्फ अगाडी बढेको छ। उसको २४ खेलमा ६२ अंक रहेको छ, उता पराजित भएको भ्यालेन्सिया रेलिगेसनमा रहेको छ।

त्यस्तै रातिनै भएको अर्को खेलमा रियल मड्रिड र रियल बेटिसले गोल रहित बराबरि खेलेका छन्। उपाधि होडमा रहेको रियलका लागी यो बराबरिले सम्भावना कम बनाएको छ। खेलको अधिकंाश समय आफ्नो पक्षमा बल राखेपनि रियलले गोल गर्न भने सकेन्।
यो बराबकि संगै रियलको २४ खेलबाट ५३ अंक रहेको छ, त्यस्तै बेटिसको समान खेलबाट ४१ अंक बटुल्दै तालिकाको पाचौ स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →