बार्सिलोना र युनाइटेडको रोमाञ्चक बराबरी

युरोपा लिग अन्तर्गत नकआउट चरणको प्ले अफको पहिलो लेगमा म्यानचेस्टर युनाईटेड र बार्सिलोनाले बराबरी खेलेका छन् । बार्सिलोना र युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।
बार्सिलोनाका मार्काेस अलन्सो र राफिन्हाले गोल गर्दा युनाइटेडका मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
रोमान्चक खेलमा सुरुआती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको ५० औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । तर, मार्कुस राषफोर्डले ५२ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५९ औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाईटेड २-१ ले अघि रह्यो ।
तर, खेलको ७६ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याउदै हारबाट जोगाए ।
दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा हुनेछ । खेल युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |