TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 03, 2026 · Swadesh

बार्सिलोना उपाधि रक्षा गर्ने बाटोमा

बार्सिलोना उपाधि रक्षा गर्ने बाटोमा

रोबर्ट लेवनडोस्की र फेरान टोरेसको खेलको अन्त्यतिर गरेको गोलको मदतले बार्सलोनाले शनिबार ओसासुनालाई २–१ ले पराजित गरेको छ र स्पेनी ला लिगा उपाधिको जित्ने संघारमा पुगेको छ ।


यो जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि १४ अंकको अग्रता खोलेको छ । बार्सिलोनाको ८८ अंक भएको छ भने रियल ७४ अंकमा छ ।


अब आइतबार रियलले इस्पनयोलविरुद्धको खेलमा अंक गुमाउने काम गर्न भने लिग उपाधि बार्सिलोनाको हुनेछ । लेवनडोस्कीले ८१ औं मिनेटमा पहिलो गोल गरेपछि त्यसको चार टिममा टोरेसले अर्को गोल थपे ।


ओसासुनाका लागि राउल गर्सियाले एक गोल फर्काए । रियलले इस्पनयोललाई हराउँछ भने बार्सिलोनासामु लिग जित्ने अवसर आफ्नो त्यही परम्परिक प्रतिद्वन्द्वीविरुद्धको अर्को साता हुने खेलमा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →