← समाचारमा फर्कनुस्
साफ यु–१७ आजदेखि, उद्घाटन खेलमा भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरुहुँदै छ। दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन्।
आज शुक्रबार हुने उद्घाटन खेलमा भारत र बंगलादेश भिड्ने छन्। याे खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुने छ।
भारत गत संस्करणको उपाधि विजेता टोली हो। यसैगरी नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ। साफ यू-१७ का लागि बुधवार भुटान उत्रिएसँगै अभ्यास गरेको थियो।
नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताएका छन्। काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |